Wednesday, August 9, 2017

के निर्जीव वस्तुबाट सजीव वस्तुको उदय हुन्छ ?


चाल्र्स डार्बिन (ख्रीष्टाब्द १८०९१८८२द्वारा प्रतिपादित विकासवादी सिद्धान्त उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूकामाझमा सम्भाव्य जस्तो देखिएतापनि बिसौँ शताब्दीमा जीव विज्ञानबारे भएका नयाँनयाँ खोजहरूले यसलाईगतिलै झट्का दिएका छन्  अलौकिक हस्तक्षेपविना नै जीवलगायत सारा विश्वब्रम्हाण्डको व्याख्या गर्ने प्रयास होप्रकृतिवादी विकासवाद  यस परिकल्पनालाई अङ्गाल्नेहरूले कम से कम एक पटक निर्जीव वस्तुबाट सजीववस्तुको उदय भएको थियो भनी मान्नैपर्छ  

आस्तिक  नास्तिक दुवै थरीका मानिसहरूले एउटा तथ्यलाई स्वीकार गर्नैपर्छ कि पहिलो जीवको उत्पत्तिलाई कुनैपनि मानिसले अवलोकन गर्न पाएन  पृथ्वीमा प्रथम जीवको उदय एकै पटक मात्र भएको एउटा ऐतिहासिक कार्यथियो  यसको अवलोकनको लागि कोही पनि उपस्थित थिएन सृष्टिवादीहरू   विकासवादीहरू  रासायनिकपदार्थहरूको मिश्रणबाट पहिलो जीवको उदय भएको थियो या कुनै बुद्धिमानी रचनाकारद्वारा यसको सृजना गरिएकोथियो भनेर हामीलाई इतिहासमा फर्केर प्रत्यक्ष रूपमा हेर्न असम्भव   तसर्थएउटा तार्किक व्यक्ति उपलब्धज्ञानलाई विश्लेषण गरी तर्कसङ्गत निष्कर्षमा पुग्दछ 

वर्तमान जीव विज्ञानको स्थापित तथ्यले यही भन्छ कि शून्यताबाट जीवको उदय हुँदैन  तपाईंले बाटोमा भेट्नेकुकुर आफ से आफ त्यसै अस्तित्वमा आएको होइन   हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने ससाना किटाणुहरूकोउदय स्वतभएका हुन्  आस्तिकवादी या नास्तिकवादी कुनै पनि वैज्ञानिकले यसलाई इन्कार गर्दैन 

जीव विज्ञानमा एउटा चिरपरिचित नियम  जसलाई जीव जननको नियम भनेर चिनिन्छ  यो अङ्ग्रेजी law of biogenesis को अनुवाद हो  biogenesis दुई ओटा अङ्ग्रेजी शब्द bio  genesis (अर्थ क्रमशजीव उत्पत्तिमिलेर बनेको   यसको नामबाटै प्रस्ट  कि यो नियम जीवको उत्पत्तिसित सम्बन्धित   जीवलेआफ्नै किसिमको जीवको उदय गराउँछ भनी यस नियमले बताउँछ  पटकपटकको वैज्ञानिक परीक्षणहरूबाटयसको पुष्टि भइसकेको   फ्रान्सका लुई पास्चर (१८२२१८९५यस नियमका सर्वाधिक प्रसिद्ध वैज्ञानिक हुन् 

ख्रीष्टाब्द १९३३ मा नै विकासवादी जोन सुलिभनले स्वीकार गरे, “जीवको उदय केवल जीवबाट हुन्छ भन्ने कुरोएउटा स्वीकार गरिएको सिद्धान्त बन्यो  हालसम्मको वास्तविक साक्षीलाई ध्यान दिँदा अहिले पनि यो मात्र एउटासम्भाव्य निष्कर्ष हो ” बिसौँ शताब्दीको उत्तराद्र्धमा अर्का विकासवादी मार्टिन मोईले बताए, “जीव विज्ञानमा एकशताब्दीसम्म भएका संवेदनशील खोजहरूले हामीलाई सिकाएका छन् कि जीवको उदय जीवबाट मात्रै हुन्छ ” हालैमात्र निष्ठावान् विकासवादी नेइल सुबिनले आफ्नो पुस्तक योर इन्नर फिसमा व्यक्त गरेका छन्, “ तपाईंहरूलाईएउटा साँचो नियम बताउन सक्छु जसबारे हामी सबैको सहमत हुन्छ होला  यो नियम यति विशुद्ध  कि हामीमध्येधेरैले यसलाई त्यसै पूर्ण रूपमा स्वीकार गर्दछौँ  ... तपाईंले चिन्नुभएको हरेक व्यक्तिको जीवशास्त्रीय मातापिताहुन्छ चाहे त्यो चरो होस् या सार्क  ... यसलाई अझै प्रस्ट रूपमा भन्नुपर्दाहरेक सजीव वस्तुको उदय कुनै  कुनैमातापिताको आनुवंशिक जानकारीबाट हुन्छ ” पास्चरले उन्नाइसौँ शताब्दीमा प्रयोगात्मक रूपमा सिद्ध गरिदिएकोजीव जननको नियम बिसौँ  एक्काइसौँ शताब्दीको पूर्वाद्र्धसम्म पनि उत्तिकै अटल   फेरि एक चोटियसनियमले भन्छ कि जीवको उदय जीवबाट मात्रै हुन्छनिर्जीव वस्तुबाट होइन 

तब सबैको लागि अर्थपूर्ण प्रश्न यो होपहिलो जीव कसरी अस्तित्वमा आयो  ? यसको केवल दुई ओटा तर्कसङ्गतउत्तर हुन सक्छ— स्वतजनन वा अलौकिक सृष्टि  स्वतजननले निर्जीव रसायनहरू मिलेर आफै नै जीव बन्नपुग्यो भन्ने अवधारणालाई जाहेर गर्दछ भने अलौकिक सृष्टि भन्नाले एउटा चेतनशील परमेश्वरले पहिलो जीवकोसृष्टि गर्नुभयो भन्ने विचारलाई  एकातिर स्वतजननको अवधारणा हाल अप्रमाणित भइसकेको  भने अर्कोतिरसृष्टिको अवधारणाको लागि दरिला वैज्ञानिक साक्षीहरू छन् 

अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनी जीव विज्ञानले प्रमाणित गरिसकेको   प्रथम जीवको उदयकोविषयमा जीवशास्त्रसित कुनै वैज्ञानिक व्याख्या छैन  तसर्थअलौकिक व्याख्याको अपेक्षा गर्नु न्यायसङ्गत नैहुन्छ  हालसम्म उपलब्ध साक्षीको आधारमा अलौकिक कार्यद्वारा यस धरतीमा प्रथम जीवको उत्पत्ति भएकोथियो भन्ने अवधारणा नै सबैभन्दा जायज निष्कर्ष हो    

No comments:

Post a Comment