Wednesday, August 9, 2017

के निर्जीव वस्तुबाट सजीव वस्तुको उदय हुन्छ ?


चाल्र्स डार्बिन (ख्रीष्टाब्द १८०९१८८२द्वारा प्रतिपादित विकासवादी सिद्धान्त उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूकामाझमा सम्भाव्य जस्तो देखिएतापनि बिसौँ शताब्दीमा जीव विज्ञानबारे भएका नयाँनयाँ खोजहरूले यसलाईगतिलै झट्का दिएका छन्  अलौकिक हस्तक्षेपविना नै जीवलगायत सारा विश्वब्रम्हाण्डको व्याख्या गर्ने प्रयास होप्रकृतिवादी विकासवाद  यस परिकल्पनालाई अङ्गाल्नेहरूले कम से कम एक पटक निर्जीव वस्तुबाट सजीववस्तुको उदय भएको थियो भनी मान्नैपर्छ  

आस्तिक  नास्तिक दुवै थरीका मानिसहरूले एउटा तथ्यलाई स्वीकार गर्नैपर्छ कि पहिलो जीवको उत्पत्तिलाई कुनैपनि मानिसले अवलोकन गर्न पाएन  पृथ्वीमा प्रथम जीवको उदय एकै पटक मात्र भएको एउटा ऐतिहासिक कार्यथियो  यसको अवलोकनको लागि कोही पनि उपस्थित थिएन सृष्टिवादीहरू   विकासवादीहरू  रासायनिकपदार्थहरूको मिश्रणबाट पहिलो जीवको उदय भएको थियो या कुनै बुद्धिमानी रचनाकारद्वारा यसको सृजना गरिएकोथियो भनेर हामीलाई इतिहासमा फर्केर प्रत्यक्ष रूपमा हेर्न असम्भव   तसर्थएउटा तार्किक व्यक्ति उपलब्धज्ञानलाई विश्लेषण गरी तर्कसङ्गत निष्कर्षमा पुग्दछ 

वर्तमान जीव विज्ञानको स्थापित तथ्यले यही भन्छ कि शून्यताबाट जीवको उदय हुँदैन  तपाईंले बाटोमा भेट्नेकुकुर आफ से आफ त्यसै अस्तित्वमा आएको होइन   हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने ससाना किटाणुहरूकोउदय स्वतभएका हुन्  आस्तिकवादी या नास्तिकवादी कुनै पनि वैज्ञानिकले यसलाई इन्कार गर्दैन 

जीव विज्ञानमा एउटा चिरपरिचित नियम  जसलाई जीव जननको नियम भनेर चिनिन्छ  यो अङ्ग्रेजी law of biogenesis को अनुवाद हो  biogenesis दुई ओटा अङ्ग्रेजी शब्द bio  genesis (अर्थ क्रमशजीव उत्पत्तिमिलेर बनेको   यसको नामबाटै प्रस्ट  कि यो नियम जीवको उत्पत्तिसित सम्बन्धित   जीवलेआफ्नै किसिमको जीवको उदय गराउँछ भनी यस नियमले बताउँछ  पटकपटकको वैज्ञानिक परीक्षणहरूबाटयसको पुष्टि भइसकेको   फ्रान्सका लुई पास्चर (१८२२१८९५यस नियमका सर्वाधिक प्रसिद्ध वैज्ञानिक हुन् 

ख्रीष्टाब्द १९३३ मा नै विकासवादी जोन सुलिभनले स्वीकार गरे, “जीवको उदय केवल जीवबाट हुन्छ भन्ने कुरोएउटा स्वीकार गरिएको सिद्धान्त बन्यो  हालसम्मको वास्तविक साक्षीलाई ध्यान दिँदा अहिले पनि यो मात्र एउटासम्भाव्य निष्कर्ष हो ” बिसौँ शताब्दीको उत्तराद्र्धमा अर्का विकासवादी मार्टिन मोईले बताए, “जीव विज्ञानमा एकशताब्दीसम्म भएका संवेदनशील खोजहरूले हामीलाई सिकाएका छन् कि जीवको उदय जीवबाट मात्रै हुन्छ ” हालैमात्र निष्ठावान् विकासवादी नेइल सुबिनले आफ्नो पुस्तक योर इन्नर फिसमा व्यक्त गरेका छन्, “ तपाईंहरूलाईएउटा साँचो नियम बताउन सक्छु जसबारे हामी सबैको सहमत हुन्छ होला  यो नियम यति विशुद्ध  कि हामीमध्येधेरैले यसलाई त्यसै पूर्ण रूपमा स्वीकार गर्दछौँ  ... तपाईंले चिन्नुभएको हरेक व्यक्तिको जीवशास्त्रीय मातापिताहुन्छ चाहे त्यो चरो होस् या सार्क  ... यसलाई अझै प्रस्ट रूपमा भन्नुपर्दाहरेक सजीव वस्तुको उदय कुनै  कुनैमातापिताको आनुवंशिक जानकारीबाट हुन्छ ” पास्चरले उन्नाइसौँ शताब्दीमा प्रयोगात्मक रूपमा सिद्ध गरिदिएकोजीव जननको नियम बिसौँ  एक्काइसौँ शताब्दीको पूर्वाद्र्धसम्म पनि उत्तिकै अटल   फेरि एक चोटियसनियमले भन्छ कि जीवको उदय जीवबाट मात्रै हुन्छनिर्जीव वस्तुबाट होइन 

तब सबैको लागि अर्थपूर्ण प्रश्न यो होपहिलो जीव कसरी अस्तित्वमा आयो  ? यसको केवल दुई ओटा तर्कसङ्गतउत्तर हुन सक्छ— स्वतजनन वा अलौकिक सृष्टि  स्वतजननले निर्जीव रसायनहरू मिलेर आफै नै जीव बन्नपुग्यो भन्ने अवधारणालाई जाहेर गर्दछ भने अलौकिक सृष्टि भन्नाले एउटा चेतनशील परमेश्वरले पहिलो जीवकोसृष्टि गर्नुभयो भन्ने विचारलाई  एकातिर स्वतजननको अवधारणा हाल अप्रमाणित भइसकेको  भने अर्कोतिरसृष्टिको अवधारणाको लागि दरिला वैज्ञानिक साक्षीहरू छन् 

अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनी जीव विज्ञानले प्रमाणित गरिसकेको   प्रथम जीवको उदयकोविषयमा जीवशास्त्रसित कुनै वैज्ञानिक व्याख्या छैन  तसर्थअलौकिक व्याख्याको अपेक्षा गर्नु न्यायसङ्गत नैहुन्छ  हालसम्म उपलब्ध साक्षीको आधारमा अलौकिक कार्यद्वारा यस धरतीमा प्रथम जीवको उत्पत्ति भएकोथियो भन्ने अवधारणा नै सबैभन्दा जायज निष्कर्ष हो    

बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफैँ नै ख्रीष्टको चेला बने


ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रीष्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।

ओलसेन प्रतिभावान् डाक्टर थिए जसको जीवन विज्ञानमा ओतप्रोत भएको थियो । सृष्टिकर्ताको अस्तित्वको लागि कुनै स्वतन्त्र साक्षी छैन भन्ने तिनको ठम्याइ रहेको थियो ।  

ओलसेनकी पत्नीको नाउँ थियोजोआन । पत्नी पनि सन्देहवादी नै थिइन् । तर जोआनका बुबा आमा भने भक्त ख्रीष्टियानहरू थिए । एक पटक ओलसेन आफ्नी पत्नीसँगै सासु ससुरालाई भेट्न गए । ओलसेनले चाहिँदो मात्रामा धार्मिक जानकारी पाए । एक रात निराश हुँदै तिनले ख्रीष्टियमतलाई जाँच्ने सहमति जनाए, “मेरो आशय पटक्कै वस्तुगत अध्ययन गर्नु थिएन । जसरी डाक्टरले सतहमा काट्छत्यसै गरी हामीले बाइबललाई काटी यसका लज्जित तुल्याउने वैज्ञानिक त्रुटिहरूलाई चिरफार गर्नु थियो ।

पति र पत्नी दुवैले बाइबलमा वैज्ञानिक भुलहरू खोज्न थालेतर पाएनन्  । त्यसपछि एक जना विद्यार्थीले ओलसेनलाई मोर्डन साइन्स एन्ड क्रिस्चियन फेथ नामक पुस्तक दियो । उक्त पुस्तकमा परेश्वरलाई औँल्याउने साक्षीहरू पेस गरिएका थिए । पुस्तक पढेपछि ख्रीष्टियान विश्वासको लागि साक्षी रहेछ भनी पहिलो पटक पति पत्नीले महसुस गरे । तिनीहरूले त्यस पुस्तकलाई सबिस्तार ढङ्गमा पढे र तिनीहरू सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निष्कर्षमा आइपुगे ।

येशूको बारेमा जानेपछि तिनीहरूले आफ्ना जीवन उहाँमा अर्पण गरे । दुवै जना बङ्गलादेशमा सुसमाचार लिएर गए जहाँ तिनीहरूले ३३ वर्ष बिताए । ओलसेनले केही पुस्तकहरू पनि लेखेका छन् जसमध्ये एउटा(द एग्नस्टिक हु  डेएर्ड टु सर्च) मा तिनले आफ्नो आत्मिक यात्रालाई बयान गरेका छन् । 

यसरीएक जना डाक्टर र तिनकी पत्नीले ख्रीष्टियमतलाई जाँच गरेपछि सत्यतालाई भेट्टाए र तिनीहरू उही सत्यताको प्रचारको लागि बङ्गलादेश आए ।   

के ग्यालिलियो बाइबल विरोधी थिए ?



जर्ज बर्नाड शाले लेखे, “ग्यालिलियो एक सहिद थिए  तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू 1ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक प्याट्रिक मुरेले बताए, “बाइबलका केही खण्डहरू [सूर्यकेन्द्रित]सिद्धान्त सित मेल नखाएकाले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनियो  परिणामस्वरूपगरिबग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङ्घर्षमा बिताए 2 बाइबल  ग्यालिलियोको विचारबाझेकोले मण्डलीले ग्यालिलियोलाई सताएको थियो भन्ने भ्रामक अवधारणा नेपाली कलमसम्म आइपुगेको  चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली  शीर्षकअन्तर्गत तुल्सीदास महर्जनले “के ईश्वरले गल्तीगर्छन्  ? ‘अहँगर्दैनन् ’ ‘बाइबलले झूठ बोल्छ ?’ ‘ओहो ! त्यस्तो पनि हुन्छ  ? बाइबलले झूठ बोल्नै सक्दैन ’ ‘अनिबाइबलले स्वीकारेको झूठ सत्य हुन्छ  ?’”3 भनी आरम्भमा नै व्यङ्ग्य गरेका छन् 

ग्यालिलियो  मण्डलीबिच भएको द्वन्द्वलाई धर्म  विज्ञानबिचको कलहको रूपमा प्रायअपव्याख्या गरिएको  बाइबलले पृथ्वीकेन्द्रित सिद्धान्त (पृथ्वी केन्द्रमा   सूर्यलगायत अन्य ग्रहसाथै उपग्रहहरूले पृथ्वीको परिक्रमागर्छन्लाई सिकाउँथ्यो  ग्यालिलियोले यसको विपरीत सूर्यकेन्द्रित सिद्धान्त (सूर्य केन्द्रमा   पृथ्वीलगायतअन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमा गर्छन्लाई सिकाएकोले ग्यालिलियोमाथि मण्डलीले अत्याचार गरेकोथियो भन्ने भ्रम फैलिएको   मण्डलीले ग्यालिलियोमाथि गरेको अत्याचारलाई मण्डलीको कालो धब्बाको रूपमाआरोप लगाउने गरिन्छ  ग्यालिलियो ग्यालिली को थिए ? किन क्याथोलिक मण्डलीले तिनीमाथि अत्याचार गरे ?के तिनले बाइबल विपरीत शिक्षा सिकाएका थिए ?

ग्यालिलियोको मुद्दालाई बुझ्न हामी धेरै पुरानो इतिहासमा फर्कनुपर्ने हुन्छ  प्राचीन ग्रीसका एक असाधारणवैज्ञानिक अरस्तु (३८४३२२ ख्रीष्टपूर्वले पृथ्वीकेन्द्रित सिद्धान्तलाई सिकाएका थिए  मान्छेहरूले यसलाई एउटास्थापित सत्यताको रूपमा हेर्न थाले  तिनको यस अवधारणालाई क्लेमेन्ट  ओरिगेन (ख्रीष्टाब्द १८५२५४जस्ताप्रारम्भिक चर्चित ख्रीष्टियान लेखकहरूले बाइबलसँग मिलाउने प्रयत्न गरे  यी लेखकद्वय जत्तिकै परसम्म नगएतापनि प्रारम्भिक मण्डलीका एक महत्त्वपूर्ण स्रष्टा अगस्टिन (ख्रीष्टाब्द ३५४४३०ले पनि यस नयाँ पद्धतिलाईअङ्गीकार गरे  अगस्टिनको कलमले दर्शनसंस्कृति  ईश्वरशास्त्रलाई एक आपसमा छुट्टयाउन नसकिने गरीगाँसिदियो  क्याथोलिक मण्डलीले परम्परालाई पनि लिखित धर्मशास्त्रसरह नै आधिकारिक ठान्ने भएकोले त्यसअवधारणाको परिवर्तन असम्भव भयो  अन्ततोगत्वाअगस्टिनमा रोपिएको जरा ईश्वरशास्त्री थोमस अक्विनास(ख्रीष्टाब्द १२२४१२७४मा पूर्ण कोपिलाको रूपमा देखा पर्यो 

तर सोर्हौँ शताब्दीमा पोल्यान्डका वैज्ञानिक निकोलस कोपरनिकसले ठिक विपरीत अवधारणालाई अगि सारे तिनको विचारमा पृथ्वी होइनतर सूर्य सौर्य प्रणालीको केन्द्रमा   अन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमागर्छन्  तिनले पृथ्वीकेन्द्रित शिक्षाको विपरीत सूर्यकेन्द्रित शिक्षाको वकालत गरे  ख्रीष्टाब्द १६१० मा इटालीकाविश्वविख्यात वैज्ञानिक ग्यालिलियो ग्यालिलीले ४६ वर्षको उमेरमा पहिलो पटक दूरदर्शक यन्त्रको आविष्कार गरे तिनले पत्ता लगाएका तथ्यहरूले अरस्तुले बुझेको सौर्य प्रणालीका जगहरू हल्लाइदिए  कोपरनिकसले अगाडिसारेको सूर्यकेन्द्रित सिद्धान्तलाई ग्यालिलियोले गणितीयसाथै व्यावाहारिक तथ्यहरूद्वारा पुष्टि गरे  यसरी सत्रौँशताब्दीमा आइपुग्दा क्याथोलिक मण्डलीले अङ्गीकार गरेको अरस्तुको पृथ्वीकेन्द्रित सिद्धान्त  ग्यालिलियोलेतथ्यहरूद्वारा प्रमाणित गरेको सूर्यकेन्द्रित सिद्धान्तमा स्पष्ट बेमेलता देखियो 

क्याथोलिक मण्डलीले ग्यालिलियोको क्रान्तिकारी अवधारणालाई पचाउन सकेन  उसले ७० वर्षको वृद्धग्यालिलियोलाई रोमको धार्मिक अदालतमा खडा गरायो  पृथ्वीले सूर्यलाई घुम्छ भन्ने विश्वासलाई त्याग गर्नलगायो  यस विषयमा प्रचारप्रसार नगर्न कबुल गराइयो  तत्कालीन पादरीहरूले तिनका पुस्तकहरू पढ्न  पढाउनप्रतिबन्ध लगाए  तिनलाई अनिश्चतकालसम्म नजरबन्दमा राखियो  वैज्ञानिक खोज  पुस्तक लेखनमा कडा रोकलगाइयो  पछि ७७ वर्षको उमेरमा ख्रीष्टाब्द १६४२ मा तिनी यस धरतीबाट बिदा भए  यसरी क्याथोलिक मण्डलीलेसत्यताको सेतो अनुहारमा कालो धब्बा पोतेको थियो  जस्तो लेखक जोनसनले प्रस्तुत गरे, “लोकप्रिय मानिसहरूकोविचारमा मध्यकालीन ईश्वरशास्त्रीय बन्धनहरूबाट विज्ञानलाई मुक्त गराएपछि मात्र सत्यताको स्वतन्त्र खोजीसम्भव भएको हो भन्नाका लागि ग्यालिलियोको घटना एउटा प्रत्यक्ष साक्षी हो  ... मण्डलीलाई पिट्ने तिन ओटालाठामध्ये ग्यालिलियोको मुद्दा एउटा ऐतिहासिक लाठो हो  अन्य दुई ओटमा क्रुसेड  स्पेनको धार्मिक अदालतपर्दछन् 4

यसरी क्याथोलिक धर्मान्धहरूको डरलाग्दो त्रुटिको कारणले एउटा सच्चा अन्वेषक सताइनुपर्यो  तर सत्यतालाईदबाउन सकिँदैनथ्यो भनी क्याथोलिक मण्डलीले जानेन  पछिल्ला नयाँनयाँ आविष्कारहरूले पनि कोपरनिकसकोसूर्यकेन्द्रित सिद्धान्तलाई निरन्तर रूपमा पुष्टि गर्दै गए  अन्ततोगत्वाक्याथोलिक मण्डली पराजित भयो १९८१ मा उसले पहिलो पटक ग्यालिलियोमाथि आफूले गरेको अत्याचारको सार्वजनिक रूपमा माफी माग्यो 

क्याथोलिक मण्डलीसित भएको ग्यालिलियोको झगडालाई धर्ममाथि भएको विज्ञानको एउटा महान् विजयको रूपमाआज गलत व्याख्या गरिन्छ  प्रकृतिवादीहरूका लागि आज विज्ञान राजा भएको प्रकृति यसको सृष्टिकर्ता  यदिपरमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँ अप्रासङ्गिक हुनुभएको   तर ग्यालिलियो स्वयम्ले भने त्यसरी बुझेकाथिएनन् किनकि परमेश्वरको वचन बाइबलमाथि तिनको दृढ विश्वास थियो  परमेश्वर राजा हुनुहुन्छ  उहाँ यसविश्वको सृष्टिकर्ता हुनुहुन्छप्रकृति होइन भनी तिनले राम्ररी बुझेका थिए  ग्यालिलियोले प्रस्टसँग बताएका छन्, “प्रकृतिको पुस्तक स्पष्टतबुझिने गणितको भाषामा लेखिएको  5  तिनले थपेका छन्, “स्वर्ग कसरी जाने भनीहामीलाई देखाउन बाइबल लेखियोस्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन 6

ग्यालिलियो बाइबलको विश्वसनीयतामाथि भरोसा गर्ने एक वैज्ञानिक थिए  सूर्यकेन्द्रित सिद्धान्त बाइबलियशिक्षासित मेल खान्छ भनी तिनले देखाउने प्रयास गरे  अरस्तुको दर्शनद्वारा अन्धो तुल्याइएको बाइबलको अर्थखोलाइको तत्कालीन सिद्धान्तहरूसित तिनी सङ्घर्ष गर्दै थिए  बाइबलमाथि आलोचना गरेकोले तिनीमाथि दोषलागेको होइनतर क्याथोलिक आज्ञाहरू नमानेकाले  विश्वास  विज्ञानबिच भएको सम्बन्धबारे तिनकाविचारहरूलाई यो उद्धरणले स्पष्टतबुझ्न मद्दत गर्छ, “गहिरो विश्वास गर्ने एउटा वैज्ञानिक भएको नाताले बाइबलकोअर्थ खोल्न थाल्दा विज्ञान  विश्वासबिच देखा परेको मतभिन्नता लिएर ग्यालिलियो बाँच्न सकेनन्  तिनी एकसामान्य विश्वासी भएकोले तिनले ईश्वरशास्त्रीहरूको अवरोधको महसुस गरे  ... तिनलाई अदालतमा उभ्याइनुकोकारणहरूमध्ये बाइबलको अर्थ खोल्ने तिनको प्रयास एउटा थियो  कोपरनिकसको प्रणालीलाई लोकप्रिय तुल्याउनखोज्नु अर्को कारण थियो 7  बाइबलमाथि तिनले कति विश्वास गर्थे भनी बुझ्न तिनी आफैले लेखेको पत्रको अंशपढे पुग्छ, “सर्वप्रथममेरो विचारमा बाइबलको सही अर्थ बुझिएमा पवित्र बाइबलले कहिल्यै असत्य बोल्न सक्दैनभन्नु ज्यादै धर्मपरायण हो भने यसको पुष्टि गर्नु ज्यादै बुद्धिमान् 8

बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको अकाट्य प्रकाश हो  सृष्टिकर्ता  उहाँको वचनप्रति प्रेमद्वारा प्रेरितविश्वासीले बाइबलिय शिक्षाको विरुद्धमा हरेक विचारलाई होसियारीपूर्वक तौलनुपर्छ  बाइबलको शुद्ध शिक्षाहरूकोविपरीत खडा हुने हरेक अवधारणालाई त्यागिनुपर्छ 

निष्कर्षमाग्यालिलियोको मुद्दाको विषयमा चर्चा गर्दा यो बुझेको हुनुपर्छ कि मण्डली  ग्यालिलियोबिचको कलहविज्ञान  धर्मबिचको झगडा थिएन  यो  अरस्तुले बुझेको विज्ञान  ग्यालिलियोले देखेको विज्ञानबिचको द्वन्द्वथियो  ग्यालिलियो एक सच्चा बाइबल विश्वासी थिए  क्याथोलिक मण्डलीले ग्यालिलियोको विरुद्धमा चालेकोकदम पूर्णतगलत थियो  मण्डलीले यस्तो गल्ती फेरि नदोहोर्याओस् 

सन्दर्भ स्रोतहरू:
  1. http://www.probe.org/site/c.fdKEIMNsEoG/b.4226523/k.9989/Modern_Myths.htm
  2. Ibid 
  3. तुल्सीदास महर्जन (२०५९), अल्बर्ट आइन्स्टाइन  अन्य वैज्ञानिकहरू (काठमाण्डौइन्द्रेणी अफसेट   प्रेस), पृष्ठ सङ्ख्या ५३ 
  4. http://christiananswers.net/q-eden/galileo.html
  5. Ibid 
  6. Ibid 
  7. http://www.answersingenesis.org/tj/v14/i1/galileo.asp
  8. http://christiananswers.net/q-eden/galileo.html