के ग्यालिलियो बाइबल विरोधी थिए ?
जर्ज बर्नाड शाले लेखे, “ग्यालिलियो एक सहिद थिए र तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू ।”1ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक प्याट्रिक मुरेले बताए, “बाइबलका केही खण्डहरू [सूर्य–केन्द्रित]सिद्धान्त सित मेल नखाएकाले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनियो । परिणामस्वरूप, गरिबग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङ्घर्षमा बिताए ।”2 बाइबल र ग्यालिलियोको विचारबाझेकोले मण्डलीले ग्यालिलियोलाई सताएको थियो भन्ने भ्रामक अवधारणा नेपाली कलमसम्म आइपुगेको छ ।चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली शीर्षकअन्तर्गत तुल्सीदास महर्जनले “के ईश्वरले गल्तीगर्छन् र ? ‘अहँ, गर्दैनन् ।’ ‘बाइबलले झूठ बोल्छ ?’ ‘ओहो ! त्यस्तो पनि हुन्छ र ? बाइबलले झूठ बोल्नै सक्दैन ।’ ‘अनि, बाइबलले स्वीकारेको झूठ सत्य हुन्छ र ?’”3 भनी आरम्भमा नै व्यङ्ग्य गरेका छन् ।
ग्यालिलियो र मण्डलीबिच भएको द्वन्द्वलाई धर्म र विज्ञानबिचको कलहको रूपमा प्राय: अपव्याख्या गरिएको छ ।बाइबलले पृथ्वी–केन्द्रित सिद्धान्त (पृथ्वी केन्द्रमा छ र सूर्यलगायत अन्य ग्रहसाथै उपग्रहहरूले पृथ्वीको परिक्रमागर्छन्) लाई सिकाउँथ्यो र ग्यालिलियोले यसको विपरीत सूर्य–केन्द्रित सिद्धान्त (सूर्य केन्द्रमा छ र पृथ्वीलगायतअन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमा गर्छन्) लाई सिकाएकोले ग्यालिलियोमाथि मण्डलीले अत्याचार गरेकोथियो भन्ने भ्रम फैलिएको छ । मण्डलीले ग्यालिलियोमाथि गरेको अत्याचारलाई मण्डलीको कालो धब्बाको रूपमाआरोप लगाउने गरिन्छ । ग्यालिलियो ग्यालिली को थिए ? किन क्याथोलिक मण्डलीले तिनीमाथि अत्याचार गरे ?के तिनले बाइबल विपरीत शिक्षा सिकाएका थिए ?
ग्यालिलियोको मुद्दालाई बुझ्न हामी धेरै पुरानो इतिहासमा फर्कनुपर्ने हुन्छ । प्राचीन ग्रीसका एक असाधारणवैज्ञानिक अरस्तु (३८४–३२२ ख्रीष्टपूर्व) ले पृथ्वी–केन्द्रित सिद्धान्तलाई सिकाएका थिए । मान्छेहरूले यसलाई एउटास्थापित सत्यताको रूपमा हेर्न थाले । तिनको यस अवधारणालाई क्लेमेन्ट र ओरिगेन (ख्रीष्टाब्द १८५–२५४) जस्ताप्रारम्भिक चर्चित ख्रीष्टियान लेखकहरूले बाइबलसँग मिलाउने प्रयत्न गरे । यी लेखकद्वय जत्तिकै परसम्म नगएतापनि प्रारम्भिक मण्डलीका एक महत्त्वपूर्ण स्रष्टा अगस्टिन (ख्रीष्टाब्द ३५४–४३०) ले पनि यस नयाँ पद्धतिलाईअङ्गीकार गरे । अगस्टिनको कलमले दर्शन, संस्कृति र ईश्वरशास्त्रलाई एक आपसमा छुट्टयाउन नसकिने गरीगाँसिदियो । क्याथोलिक मण्डलीले परम्परालाई पनि लिखित धर्मशास्त्रसरह नै आधिकारिक ठान्ने भएकोले त्यसअवधारणाको परिवर्तन असम्भव भयो । अन्ततोगत्वा, अगस्टिनमा रोपिएको जरा ईश्वरशास्त्री थोमस अक्विनास(ख्रीष्टाब्द १२२४–१२७४) मा पूर्ण कोपिलाको रूपमा देखा पर्यो ।
तर सोर्हौँ शताब्दीमा पोल्यान्डका वैज्ञानिक निकोलस कोपरनिकसले ठिक विपरीत अवधारणालाई अगि सारे ।तिनको विचारमा पृथ्वी होइन, तर सूर्य सौर्य प्रणालीको केन्द्रमा छ र अन्य ग्रहसाथै उपग्रहहरूले सूर्यको परिक्रमागर्छन् । तिनले पृथ्वी–केन्द्रित शिक्षाको विपरीत सूर्य–केन्द्रित शिक्षाको वकालत गरे । ख्रीष्टाब्द १६१० मा इटालीकाविश्वविख्यात वैज्ञानिक ग्यालिलियो ग्यालिलीले ४६ वर्षको उमेरमा पहिलो पटक दूरदर्शक यन्त्रको आविष्कार गरे ।तिनले पत्ता लगाएका तथ्यहरूले अरस्तुले बुझेको सौर्य प्रणालीका जगहरू हल्लाइदिए । कोपरनिकसले अगाडिसारेको सूर्य–केन्द्रित सिद्धान्तलाई ग्यालिलियोले गणितीयसाथै व्यावाहारिक तथ्यहरूद्वारा पुष्टि गरे । यसरी सत्रौँशताब्दीमा आइपुग्दा क्याथोलिक मण्डलीले अङ्गीकार गरेको अरस्तुको पृथ्वी–केन्द्रित सिद्धान्त र ग्यालिलियोलेतथ्यहरूद्वारा प्रमाणित गरेको सूर्य–केन्द्रित सिद्धान्तमा स्पष्ट बेमेलता देखियो ।
क्याथोलिक मण्डलीले ग्यालिलियोको क्रान्तिकारी अवधारणालाई पचाउन सकेन र उसले ७० वर्षको वृद्धग्यालिलियोलाई रोमको धार्मिक अदालतमा खडा गरायो र पृथ्वीले सूर्यलाई घुम्छ भन्ने विश्वासलाई त्याग गर्नलगायो । यस विषयमा प्रचारप्रसार नगर्न कबुल गराइयो । तत्कालीन पादरीहरूले तिनका पुस्तकहरू पढ्न र पढाउनप्रतिबन्ध लगाए । तिनलाई अनिश्चतकालसम्म नजरबन्दमा राखियो । वैज्ञानिक खोज र पुस्तक लेखनमा कडा रोकलगाइयो । पछि ७७ वर्षको उमेरमा ख्रीष्टाब्द १६४२ मा तिनी यस धरतीबाट बिदा भए । यसरी क्याथोलिक मण्डलीलेसत्यताको सेतो अनुहारमा कालो धब्बा पोतेको थियो । जस्तो लेखक जोनसनले प्रस्तुत गरे, “लोकप्रिय मानिसहरूकोविचारमा मध्यकालीन ईश्वरशास्त्रीय बन्धनहरूबाट विज्ञानलाई मुक्त गराएपछि मात्र सत्यताको स्वतन्त्र खोजीसम्भव भएको हो भन्नाका लागि ग्यालिलियोको घटना एउटा प्रत्यक्ष साक्षी हो । ... मण्डलीलाई पिट्ने तिन ओटालाठामध्ये ग्यालिलियोको मुद्दा एउटा ऐतिहासिक लाठो हो । अन्य दुई ओटमा क्रुसेड र स्पेनको धार्मिक अदालतपर्दछन् ।”4
यसरी क्याथोलिक धर्मान्धहरूको डरलाग्दो त्रुटिको कारणले एउटा सच्चा अन्वेषक सताइनुपर्यो । तर सत्यतालाईदबाउन सकिँदैनथ्यो भनी क्याथोलिक मण्डलीले जानेन । पछिल्ला नयाँ–नयाँ आविष्कारहरूले पनि कोपरनिकसकोसूर्य–केन्द्रित सिद्धान्तलाई निरन्तर रूपमा पुष्टि गर्दै गए । अन्ततोगत्वा, क्याथोलिक मण्डली पराजित भयो र१९८१ मा उसले पहिलो पटक ग्यालिलियोमाथि आफूले गरेको अत्याचारको सार्वजनिक रूपमा माफी माग्यो ।
क्याथोलिक मण्डलीसित भएको ग्यालिलियोको झगडालाई धर्ममाथि भएको विज्ञानको एउटा महान् विजयको रूपमाआज गलत व्याख्या गरिन्छ । प्रकृतिवादीहरूका लागि आज विज्ञान राजा भएको छ, प्रकृति यसको सृष्टिकर्ता र यदिपरमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँ अप्रासङ्गिक हुनुभएको छ । तर ग्यालिलियो स्वयम्ले भने त्यसरी बुझेकाथिएनन् किनकि परमेश्वरको वचन बाइबलमाथि तिनको दृढ विश्वास थियो । परमेश्वर राजा हुनुहुन्छ र उहाँ यसविश्वको सृष्टिकर्ता हुनुहुन्छ, प्रकृति होइन भनी तिनले राम्ररी बुझेका थिए । ग्यालिलियोले प्रस्टसँग बताएका छन्, “प्रकृतिको पुस्तक स्पष्टत: बुझिने गणितको भाषामा लेखिएको छ ।”5 तिनले थपेका छन्, “स्वर्ग कसरी जाने भनीहामीलाई देखाउन बाइबल लेखियो, स्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।”6
ग्यालिलियो बाइबलको विश्वसनीयतामाथि भरोसा गर्ने एक वैज्ञानिक थिए । सूर्य–केन्द्रित सिद्धान्त बाइबलियशिक्षासित मेल खान्छ भनी तिनले देखाउने प्रयास गरे । अरस्तुको दर्शनद्वारा अन्धो तुल्याइएको बाइबलको अर्थखोलाइको तत्कालीन सिद्धान्तहरूसित तिनी सङ्घर्ष गर्दै थिए । बाइबलमाथि आलोचना गरेकोले तिनीमाथि दोषलागेको होइन, तर क्याथोलिक आज्ञाहरू नमानेकाले । विश्वास र विज्ञानबिच भएको सम्बन्धबारे तिनकाविचारहरूलाई यो उद्धरणले स्पष्टत: बुझ्न मद्दत गर्छ, “गहिरो विश्वास गर्ने एउटा वैज्ञानिक भएको नाताले बाइबलकोअर्थ खोल्न थाल्दा विज्ञान र विश्वासबिच देखा परेको मतभिन्नता लिएर ग्यालिलियो बाँच्न सकेनन् । तिनी एकसामान्य विश्वासी भएकोले तिनले ईश्वरशास्त्रीहरूको अवरोधको महसुस गरे । ... तिनलाई अदालतमा उभ्याइनुकोकारणहरूमध्ये बाइबलको अर्थ खोल्ने तिनको प्रयास एउटा थियो । कोपरनिकसको प्रणालीलाई लोकप्रिय तुल्याउनखोज्नु अर्को कारण थियो ।”7 बाइबलमाथि तिनले कति विश्वास गर्थे भनी बुझ्न तिनी आफैले लेखेको पत्रको अंशपढे पुग्छ, “सर्वप्रथम, मेरो विचारमा बाइबलको सही अर्थ बुझिएमा पवित्र बाइबलले कहिल्यै असत्य बोल्न सक्दैनभन्नु ज्यादै धर्मपरायण हो भने यसको पुष्टि गर्नु ज्यादै बुद्धिमान् ।”8
बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको अकाट्य प्रकाश हो । सृष्टिकर्ता र उहाँको वचनप्रति प्रेमद्वारा प्रेरितविश्वासीले बाइबलिय शिक्षाको विरुद्धमा हरेक विचारलाई होसियारीपूर्वक तौलनुपर्छ । बाइबलको शुद्ध शिक्षाहरूकोविपरीत खडा हुने हरेक अवधारणालाई त्यागिनुपर्छ ।
निष्कर्षमा, ग्यालिलियोको मुद्दाको विषयमा चर्चा गर्दा यो बुझेको हुनुपर्छ कि मण्डली र ग्यालिलियोबिचको कलहविज्ञान र धर्मबिचको झगडा थिएन । यो त अरस्तुले बुझेको विज्ञान र ग्यालिलियोले देखेको विज्ञानबिचको द्वन्द्वथियो । ग्यालिलियो एक सच्चा बाइबल विश्वासी थिए । क्याथोलिक मण्डलीले ग्यालिलियोको विरुद्धमा चालेकोकदम पूर्णत: गलत थियो । मण्डलीले यस्तो गल्ती फेरि नदोहोर्याओस् ।
सन्दर्भ स्रोतहरू:
- http://www.probe.org/site/c.fdKEIMNsEoG/b.4226523/k.9989/Modern_Myths.htm
- Ibid
- तुल्सीदास महर्जन (२०५९), अल्बर्ट आइन्स्टाइन र अन्य वैज्ञानिकहरू (काठमाण्डौ: इन्द्रेणी अफसेट प्रेस), पृष्ठ सङ्ख्या ५३ ।
- http://christiananswers.net/q-eden/galileo.html
- Ibid
- Ibid
- http://www.answersingenesis.org/tj/v14/i1/galileo.asp
- http://christiananswers.net/q-eden/galileo.html
No comments:
Post a Comment