बाइबल र विज्ञान
परमेश्वरमाथि विश्वास गर्ने १० प्रसिद्ध वैज्ञानिकहरू
के परमेश्वरमाथिको विश्वास तर्कसङ्गत छ ? हामीले भन्दा बढी जानेका र सृष्टिलाई सुक्ष्म तवरलेअध्ययन गरेका केही वैज्ञानिकहरू यस विषयमा के भन्छन् भनी हामी यस आलेखमा हेर्नेछौँ ।
१. निकोलस कोपरनिकस (ख्रीष्टाब्द १४७३–१५४३)
यिनी पोल्यान्डका खगोलविद् थिए जसले पहिलो पटक सूर्यकेन्द्रित अवधारणा (सूर्य केन्द्रमा छ रपृथ्वीलगायत अन्य ग्रहहरूले सूर्यको परिक्रमा गर्छन् भन्ने विचार) लाई व्यवस्थित ढङ्गमा अगि सारे । आजसूर्यकेन्द्रित अवधारणा सर्वमान्य सत्यता हो । त्यस बेला यो एउटा क्रान्तिकारी विचार थियो किनकि संसारलेपृथ्वीकेन्द्रित अवधारणालाई मान्दै आएको थियो । कोपरनिकस युरोपका विभिन्न विश्वविद्यालयहरूमा हाजिर भएर १४९७ मा तिनी क्याथोलिक मण्डलीका पादरी बने । १५३३ मा तिनको नयाँ अवधारणालाई पहिलो पटकभ्याटिकनको सामु प्रस्तुत गरियो र पोप क्लेमेन्ट सातौँले त्यसको अनुमोदन गरे अनि त्यसलाई छाप्न तिनलाईउत्साह दिए । कोपरनिकस कहिल्यै धार्मिक सतावटको पन्जामा परेनन् । आफ्ना कृतिहरूमा कोपरनिकसलेकहिलेकाहीँ परमेश्वरको उल्लेख गरेका छन् र आफ्नो नयाँ अवधारणा बाइबलसित जुधेको तिनले पाएनन् ।
२. सर फ्रान्सिस बेकन (१५६१–१६२७)
बेकन एक दार्शनिक थिए जो परीक्षण र आगमनात्मक तर्कशास्त्रमा आधारित वैज्ञानिक विधि स्थापनागर्ने वैज्ञानिकको रूपमा प्रसिद्ध छन् । सत्यताको खोजी गर्ने, आफ्नो राष्ट्र र मण्डलीको सेवा गर्ने आफ्नो लक्ष्यभएको बेकनले आफ्नो कृतिमा उल्लेख गरेका छन् । नास्तिकवाद दर्शनशास्त्रको अपर्याप्त गहिराइको नतिजा होभनी तिनले यसलाई इन्कार गरे । दर्शनशास्त्रको गहिराइमा डुबेमा यसले मानिसलाई धर्मतर्फ डोर्याउँछ भनी तिनलेबताएका छन् । तिनको कृतिमा तिनले परमेश्वरको प्रबन्धको आवश्यकतालाई महसुस गरेका छन् ।
३. जोहानन केप्लर (१५७१–१६३०)
केप्लर एक प्रतिभाशाली गणितज्ञ र खगोलविद् थिए । तिनले प्रकाशबारे प्रारम्भिक अध्ययन गरे रसूर्यको वरिपरि ग्रहसम्बन्धी घुमाइबारे भएका नियमहरूलाई स्थापित गरे । विश्वचर्चित वैज्ञानिक न्युटनद्वाराप्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर, त्यो पनि न्युटनको जन्मअगि ।खगोल विज्ञानमा भएको बलको अवधारणाबारे तिनको परिचयले क्रान्तिकारी ढङ्गमा आधुनिक मार्गलाई पछ्याएकोथियो । केप्लर निकै इमान्दार र भक्त लुथरन विश्वासी थिए । तिनले खगोल विज्ञानको विषयमा लेखेका कृतिहरूमाअन्तरिक्ष र आकाशिय पिण्डहरूले कसरी त्रिएकताको प्रतिनिधित्व गर्छन् भनी बयान गरेका छन् । सूर्यकेन्द्रितप्रणालीबारे भएको तिनको खुला स्वीकारोक्तिको लागि तिनले कुनै सतावट भोगेनन् । तिनलाई एक सच्चासुधारवादी भएर रहने अनुमति दिइयो ।
४. ग्यालिलियो ग्यालिली (१५६४–१६४२)
रोमन क्याथोलिक मण्डलीसित भएको तिनको द्वन्द्वको लागि ग्यालिलियोलाई प्राय: सम्झने गरिन्छ। सौर्य प्रणालीबारे तिनको विवादस्पद कृति १६३३ मा छापियो । तात्कालिन क्याथोलिक मण्डलीका केहीअवधारणाहरूसित तिनको बिमती भएको थियो, तर कहिल्यै पनि बाइबलसित तिनको द्वन्द्व भएन यद्यपि गलतप्रकारले त्यसरी अर्थ खोल्ने गरिन्छ । ग्यालिलियोले प्रस्ट रूपमा बताएका छन् कि बाइबलले गल्ती गर्न सक्दैन रआफ्नो प्रणालीलाई बाइबलिय खण्डहरूको वैकल्पिक अर्थ खोलाइको रूपमा देखे तिनले ।
५. रेने डेस्कार्टेस (१५९६–१६५०)
यिनी फ्रान्सेली गणितज्ञ, वैज्ञानिक र दार्शनिक थिए । यिनलाई आधुनिक दर्शनशास्त्रको पिता भनेरचिनिन्छ । तिनको स्कुले अध्ययनले तिनलाई साबिकको दर्शनशास्त्रप्रति निकै असन्तुष्ट बनायो । एक रोमनक्याथोलिक व्यक्तिको रूपमा धर्मप्रति तिनको गहिरो आस्था थियो जुन आस्था तिनको मृत्युसम्म जारी रह्यो ।दर्शनको क्षेत्रमा तिनले प्रतिपादन गरेको प्रसिद्ध कथन यस्तो छ, “म सोच्दछु त्यसकारण म छु ।” सत्यताकोस्थापना गरेपछि तिनको अर्को कदम थियो— परमेश्वरको अस्तित्वबारे समीप निश्चयतालाई स्थापित गर्नु ।परमेश्वर नै तिनको दर्शनशास्त्रको केन्द्रबिन्दुमा हुनुहुन्थ्यो । तिनको दर्शनशास्त्र गुणस्तरीय रोमन क्याथोलिकशिक्षाको रूपमा स्थापित भएको तिनले देख्न चाहे । वैज्ञानिक विधिको विकासमा मुख्य स्रष्टाहरूको रूपमा रेनेडेस्कार्टेस र फ्रान्सिस बेकनलाई साधारणतया सम्झने गरिन्छ । तिनीहरू दुवैका प्रणालीहरू यस्ता थिए जसमापरमेश्वर महत्त्वपूर्ण हुनुहुन्थ्यो र ती दुवै नै परमेश्वरप्रति भक्त थिए ।
६. ब्लाइज पास्कल (१६२३–१६६२)
पास्कल फ्रान्सेली गणितज्ञ, भौतिकशास्त्री, आविष्कारक, लेखक र ईश्वरशास्त्री थिए । तिनले नैसम्भाव्यता सिद्धान्तको जग बसाले । तिनले गणितिय क्याल्कुलेटरको आविष्कार गरे । तिनी एक रोमनक्याथोलिक सदस्यको रूपमा हुर्के । तर १६५४ मा तिनले परमेश्वरको बारेमा एक धार्मिक दर्शन देखे जसले तिनकोअध्ययनलाई विज्ञानबाट ईश्वरशास्त्रतर्फ उन्मुख गरायो । त्यसपछि तिनले ईश्वरशास्त्रीय कृतिहरू प्रकाशमा ल्याए। पेन्सिज (विचारहरू) तिनको सर्वाधिक प्रभावशाली ईश्वरशास्त्रीय कृति हो । यो ख्रीष्टियमतको पक्षमा वकालतगरिएको पुस्तक हो जुन तिनको मृत्युपछि मात्र छापियो । पेन्सिजमा तिनले प्रस्तुत गरेका विचारहरूमध्ये सर्वाधिकचर्चिच विचार भनेको पास्कलको बाजी हो । परमेश्वरको अस्तित्वको लागि यो एउटा अनौठो तर्क हो । तिनकाअन्तिम वचनहरू यस्ता थिए, “परमेश्वरले मलाई कहिल्यै नत्यागून् ।”
७. आइज्याक न्युटन (१६४२–१७२७)
सृष्टि–प्रकाश विज्ञान, यन्त्रविज्ञान र गणितमा न्युटन निर्विवाद प्रतिभा र नव प्रवर्तक थिए ।रसायनशास्त्रसाथै आफ्नो सम्पूर्ण विज्ञानमा न्युटनले गणित र सङ्ख्यालाई केन्द्रमा राखे । तर कम ज्ञात तथ्य योहो कि तिनी एक भक्त धार्मिक व्यक्ति थिए र तिनले सङ्ख्याहरूलाई इतिहासको लागि परमेश्वरको योजना पुरा गर्नेसाधनको रूपमा बाइबलबाट देखे । बाइबलिय सङ्ख्याशास्त्रमा तिनले उल्लेखनीय काम गरे र तिनको लागिईश्वरशास्त्र निकै महत्त्वपूर्ण थियो । न्युटनको भौतिकशास्त्रको प्रणालीमा परमेश्वर प्रकृति र अन्तरिक्षको लागिअपरिहार्य हुनुहुन्थ्यो । प्रिन्सिपियामा तिनले उल्लेख गरेका छन्, “सूर्य, ग्रह र पुछ्रेताराहरूको यो ज्यादै सुन्दरप्रणाली प्रज्ञावान् र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र आउन सक्छ ।”
८. रोबर्ट बोएले (१७९१–१८६७)
ब्रिटानिका विश्वकोशले तिनको बारेमा यसरी भन्छ, “कुख्यात नास्तिकहरूको विरुद्धमा ख्रीष्टियान धर्मलाईप्रमाणित गर्न तिनको इच्छाद्वारा तिनले श्रृङ्खलाबद्ध प्रवचन र उपदेशहरू दिए जुन अझै जारी छ ।” तिनी एक भक्तसुधारवादी थिए जसले ख्रीष्टियान धर्मलाई देशबाहिर फैलाउन खास रुचि लिए । आइरिस र टर्किस भाषामा नयाँकरारलाई अनुवाद गरी छाप्न तिनले रुपियाँ–पैसा दिए । ग्यासको सम्बन्धमा आज पनि हामी बोएलेको नियम भनेरपढ्छौँ ।
९. माइकल फाराडे (१७९१–१८६७)
तिनी एक सुनारका छोरा थिए जो उन्नाइसौँ शताब्दीमा एक महान् वैज्ञानिक कहलाइए । विद्युत रचुम्बकीय क्षेत्रमा भएको तिनको योगदानले भौतिकशास्त्रमा क्रान्ति मात्र ल्याएन तर हाम्रो अधिकांश आधुनिकजीवनशैलीको लागि तिनी उत्तरदायी व्यक्ति पनि बने । कम्प्युटर, टेलिफोनसाथै वेबसाइटहरू तिनका जगमानिर्माण भएका हुन् । तिनी एक भक्त ख्रीष्टियान थिए ।
१०. अल्बर्ट आइन्स्टाइन (१८७९–१९५५)
अल्बर्ट आइन्स्टाइनलाई महानतम वैज्ञानिक भनेर चिनिन्छ । समय, गुरुत्वाकर्षण र पदार्थको शक्तिमारूपान्तरण (E = mc2) जस्ता विषयमा तिनले क्रान्ति नै ल्याइदिए । असृजित विश्वको असम्भाव्यतालाई तिनलेमहसुस गरे यद्यपि तिनी व्यक्तिगत परमेश्वरमाथि भने विश्वास गर्दैनथ्ये । आइन्स्टाइनका प्रसिद्ध कथनमध्ये योएक हो, “धर्मविनाको विज्ञान लङ्गडो हुन्छ र विज्ञानविनाको धर्म अन्धो हुन्छ ।”
No comments:
Post a Comment